मास दाना छोडेर पेलेट किन ?

हालको मिती सम्ममा आउँदा नेपालमा ३ प्रकारको दाना प्रयोग गरिएको भेटियो ।सबै भन्दा पुरानो घरेलु जस्मा घरैमा मकै भट्मास आदी मिसाएर कुखुरा लाई दिने चलन थियो ।त्यो दाना को समयमा ब्यावसायिक कुखुरा पालन तेती फस्टाएको थिएन ।हाल को जस्तो जात प्रजात को कुखुरा थिएन, थोरै लोकल मात्र पाहिन्थियो ।
Image result for Photos of pellet feeds

समय को गती सँग बिस्तारि यो  ब्यावसाय पनि उकालो लग्न थाल्यो र ब्यावसाइ हरुभित्र अन्तर चेतना अनि बिदेसिको सिको गरेर मास दान बनाउन सुरु भयो ।यो अवस्ता सम्म आउँदा पहिलेको भन्दा धेरै सुधार भएको थियो ।भारत लगायत अन्न्य  छिमेकी मुलुक बाट उपकारण आउन थालेको थियो ।कच्चापदार्थ अनि अरु आवस्यक बस्तु मिसाएर दाना दिन सुरु गरियो हाल त्यो प्रबिधी पनि पुरानो भएको छ ।

२१सौ सताब्दीमा आएर थोरै भन्दा थोरै लगानी गरेर धेरै भन्दा धेरै लाभ लिन पेलेट दाना बजारमा निस्कियो ।प्रती कुखुरा ३ किलो दाना खपत गरेर ३५-४० दिनमा २२०० ग्राम सम्म हुन थाले ।ब्यावसायिक कुखुरा पालक किशन हरुले मास दाना छोडेर किन पेलेट दाना प्रयोग गर्नुपर्छ तल उल्लेख गरिएको छ ।

मास दाना: यो दाना उत्पादन को परमपरागत एबम सस्तो प्रबिधी हो, अनेक थरी कच्चादार्थ लाई चक्किको साहायताले धुलो बनाइ निस्चित अनुपात्मा मिश्रण गरेर एस्तो दाना तयार हुन्छ ।हाल सम्म पनि अधिकान्श दाना उत्पादक हरुले एस बिधिबाटनै दाना उत्पादन गर्दछन ।पहिले पहिले यो दाना खुवाउदा कुखुरामा माशु लागे पनि आज भोली त्यो भन्दा धेरै माशु लाग्ने दाना हरु बजारमा छ्याप छ्याप्ती पाहिन्छ ।
Image result for Photos of pellet feeds

पेलेट दाना को तुलनामा मास दाना कम्जोर हुनुको कारण हरु एस्प्रकार छन ।परम्परगत र सस्तो प्रबिधि,दाना सन्तुलन अनि मिश्रण राम्रोसँग नहुने,दाना को उत्पादन्मा ताप को प्रयोग नहुने,कच्चापदार्थमा हुने अखाद्य पदार्थ नस्ट नहुने,धुलो भएको कारणले दाना बढी खेर जाने , दानामा सन्क्रमण  हुने अधिक सम्भावना,दाना पचाउन कुखुरलाई गाह्रो हुने,दाना को कराण कुखुरलाई रोग लग्ने सम्भावना बढी भएको,धुलो भएको कारण ले दाना उडेर खेर जानु, दाना उत्पादन गर्दा मानबिय  श्रम को अथ्याधिक प्रयोग हुने हुँदा उत्पादनमा त्रुटी हुन सक्ने,कुखुराले खाने हरेक गास सन्तुलित नहुने, उत्पादन र दानाको अनुपात बढी हुने मत्लव बढी दाना खाएर कम तौल तथा कम उत्पादन प्राप्त  हुने,दानामा पानीको मात्रा  निएन्त्रण नहुने हुँदा तौल घट्बड हुन सक्ने र दाना को गुणस्तरमा कमी आउने, अखिरिमा  कृशक लाई लगानिबढी अनि नफा कम हुने । 

पेलेट दाना:दाना उत्पादन गर्ने यो आधुनिक प्रबिधी हो,यो दाना गोटी परेको हुन्छ तसर्थ अधिकान्श कृशक हरु एस्लाई गोटी दाना भनेर पनि भन्छन ।एस प्रबिधिमा दाना उत्पादनको लागि कच्चा बस्तुको छनौट्, सोछ उत्पादन प्राणली हरेक चरणमा  गुणस्तर नियन्त्र, रोग नियन्त्र सन्तुलन भिटामिन तथा अन्न्य खनिज हरुको उपयुक्त चयन र उत्पादनको  एकरुपतामा ध्यान दिन्छ,यो दाना उत्पादन गर्ने आधुनिक र महँगो प्रबिधी हो ।यो प्रबिधिमा उत्पादक हरुलाई दाना उत्पादन मा बढी लागत लागेपनी उपभोक्ता तथा कृशक हरुलाई यो दाना प्रयोग गर्दा बढी फाइदा हुन्छ । 
Image result for Photos of pellet feeds
पेलेट दाना को फाइदा हरु एस प्रकार छन ।आधुनिक सोचालित प्रबिधी बाट उत्पादन हुने भएकोले त्रुटी हुने सम्भावना निकैनै कम भएको, दाना पूर्ण रुप्मा  मिशृत र सन्तुलित हुने, दाना उत्पादनमा ताप को प्रयोग हुने भएकोले अखाद्य तत्त्तो नस्ट भाई पोशक तत्तो अधिक मात्रामा कुखुरा हरुलाई उपलब्ध हुने,दाना उत्पादनमा बस्पिकारण  पद्द्ती प्रयोग हुने भएकोले दाना सन्क्रमणको सम्भावना बिल्कुल नरहेको,कुखुरालाई दाना पचाउन धेरै सजिलो हुने,गोटी भएको कारण दाना खेर नजने,दाना को कारण रोग लग्ने सम्भावना बिल्कुल नरहेको,गोटी भएको कारण दाना नउडाउने र दाना छेती नहुने,दाना उत्पादनमा अधुनिक तथा कम्प्युटर प्रबिधी प्रयोग भएकोले दानामा पोस्टइक्ता को गारेन्टी हुने,दाना को हरेक गोटी सन्तुलित हुने,उत्पादन र दाना को आनुपात कम हुने,मत्लब कम दाना खाएर बढी उत्पादन दिने,दानाको उत्पादन प्रकियामा पानीको मात्रा नियन्त्रण गरिने हुँदा खुद तौल फरक नपर्ने र दाना को गुणस्तरमा  पनि फराक नपर्ने अनि दाना को गुण्सतरमा पनि कमी नआउने, कम लगानीमा बढी नाफा हुने । 

पेलेट दाना खुवाउदा लग्ने खर्छ र आम्दानि,( दानाको र कुखुराको बजार भाउ तल माथि हुने हुनाले  यो हिसाब ठाय्क्कै नमिल्न सक्छ)मानौ दानाको दर प्रती किलो( रु बि०=५५,बि१=५३,बि२=५२,बि३=५१)छ ।एस्को मध्यमान भनेको रु ५२.७५ हो ।१ वोटा ब्रोइलर कुखुरले आफ्नोअयु भरी ३.५ किलो दाना खानछ ।बेच्ने समयमा कुखुराको बजन २३०० ग्राम छ ।सङको दर प्रती किलो रु २४० छ ।औषधी र भिटामिन रु ५० को खायो ।चल्लाको हाल्को बजार भाउ रु. ९० छ ।

  • माथिको उधारण हेर्दा सो कुखुराले उठायको खर्छ भनेको(५२.७५*३.५+५०+९०=३२५)
  • सो कुखुरा बाट हुने आम्दानी भनेको(२.३*२४०=५५२)
  • खुद नाफा (५५२-३२५=२२७)

माथिको उधारणमा गाडी भाडा,कर्मचारीको खर्च , खोर भाडा आदी समाबेश गरिएको छैन ।

नोट : चित्र हरुको श्रोत ईन्टरनेट हो ।


Comments

Popular posts from this blog

एफ्. सि. आर्. भनेकोके हो ? एफ्. सि. आर्. को इतिहास ।

कुखुरा पालान चुनौती र अवसर

ब्रोइलर तथा लेएर्स कुखुराको भाक्सिनेशन तालिका