बिभिन्न दाना कम्पनिहरुले दाबी गरे बमोजिम किन किशान हरु एफ्.सि.आर निकाल्न असफल छन ? के यो किशान को गल्ती हो कि कम्पनिहरुको हल्ला मात्र ?हरेक कुखुरा पालक किशान्हरुले जनिराख्नु पर्ने बिसय हो यो ।

आदर्निय पाठक माहानुभाव हरु, तला उल्लेखित बिसए अलि खरो भाषा मा लेखिएको छ ।मेरो एस लेखको एक मात्र उदेश्य सम्पूर्ण कुखुरा पालक किशान लाई सचेत गर्नु हो ।एदी मेरो भनइ हरु प्रती असमती भए कृपया सभ्य भएर खरो भाषामै भएनी कमेन्ट गर्नु होला । एदी मेरो बिचार सँग सहमत हुनुहुन्छ भने अरु साथी भाई लाई नि पढ्न सल्ला दिनु हुन हारदिक अनुरोध गर्दछु । 
Image result for photo of fcr with chicken
Photo source internet

नेपालका अधिकाम्श किशान हरु निकैनै सोझा छन । यो पोल्ट्री छेत्रको कुरा गर्नु पर्दा ब्रोइलर पालक किशान हरु लेयार्स पालक भन्दा बढी सोझा र ठगिमा पर्ने गरेको सुनिन्छ । सामन्यतय सि एफ आर धेरै छ भनेर विज्ञापन गरेको  दाना खुवाउदा कुखुरामा तौल आउनु पर्ने हो, लेयार्स कुखुरा को अण्डा उत्पादन बढ्नु पर्ने हो तर किन आएन /  बढेन ? यो बिसयको वोरिपरी रहेर निचोड निकाल्ने प्र्याश गरेको छु  ।

दाना कम्पनी तथा उस्को डिलर दाना बिकाउन किशान हरु लाई बिभिन्न प्रलोभन देखाउछ अझ भनउ यो दाना भित्र औषधी हालेको छ मोर्टालिटी कम हुन्छ विज्ञापनले भनेको आदी इत्यादी । होला कुनै कम्पनी को ट्रायल फर्म र उनिहरुले ट्रायल पनि गरे होला, र भने होला, तर यहाँ बातावरण नबुझी तेसै विज्ञापन बजाउने धेर छन । कुखुरा हुरकाउने २ खले बातावरण हुन्छ । नियन्तृत अनि अनियन्तृत । ट्रायल फर्म भएको हरुले गर्ने ठाउँ लाई नियन्तृत भन्छ भने समान्य किशान को खोर  मा गर्ने लाई अनियन्तृत भनिन्छ । 

एदी कुनै किशान ट्रायल फर्म हेरौ भनेर गए भने हुनेलेता निएन्तृत बातावरण भएको ट्रायल फर्म देखाउछन तर नहुनेले आफ्नो साथीभाइ को फर्म एही हो भनेर देखाउछन । बिचार सोझो किशान, हो भन्यो पात्यायो आफ्नो खोरमा गएर भनेको सबै कुरा गर्‍यो तर हुँदैन । एती भए पछी किशन तनाब मा आउछ  बिचारा मेरो भागयै छैन मलाई कुखुरा फापेन आदी आदी । हो, समस्या हामी किशान को तर्फ बाट मात्र उत्पन्न भएको होइन यो समस्या आउनमा दाना कम्पनी र उस्को डिलर को पनि उतिकै हात रहेको हुन्छ ।को कता चुक्योउ तल उल्लेख गर्ने प्रायश गरेको छु । 

दाना कम्पनि:निएन्तृत बातावरण मा कुखुरा हुर्काउछ, अनि तेइ कुरा लाई आधार बनएर झाल्री पिट्छ । तराइ मा दाना कर्खाना सन्चालन गर्छ त्यहाँ ट्रायल गर्छ अनि तेही नतिजा पहाड र हिमालमा संचार माध्यम मा बजाउछ। सोझा किसान न परे टिभी ले भनेको होला, र दुख गरेको पसिना बगएको पैसा ले  कुखुरा हाल्यो ४५ दिन भैसक्यो १६०० ग्राम भन्दा माथि आउदिना । एउटा उखान छ, तातो भात खाने सधै र्हिस्ट पुस्ट । हो एही कुरा लगु हुन्छ यहाँ ।ताजा दाना नजिकैको ट्रायल फर्ममा खुवाएसी ३० दिन मा नै २ किलो आउन बेर छैन ।सधै भन्दिन तर कैले कही भने दाना कम्पनीले दाना बिगर्ने गर्छ । कैले दाना कम्पनिले  दाना बिगार्छ? एदी ० र १ न दाना बढी खपत भएको छ भने २ नो दाना बिगार्छ, कारण धेर दाना खपत हुन्छ ,आवासयक तत्तो नहाली बेच्ने गर्छ ।यो कुरा साएदै कम मानिश लाई थाहा होला ।एती मात्र होईन अरु बिभिन्न कारण छन जस्ले गर्दा दाना बिगृन्छ । 


दाना डिलर :पुरानो  दाना रख्ने, बायो सिक्युरिटी को नियम निकै नियुन पलना गर्ने, कुखुरा र दाना ढुवानी एउटाै गाडीले गर्ने, किशानले  गुनाशो लाग्यो भने दाना कम्पनी लाई दोश देखाउने आफु उम्किने ,० एउटा कम्पनी को दिने अनि १ अर्को कम्पनिको  दिने तेस्तै गरी २ तेश्रो कम्पनी को दिने, अनि प्रतिबोरा मुल्य उध्योगको सबै भन्दा चारको हल्ने । बिचार सोझा किशान डिपोजिट गरेर काम थालेका हुन्छन , जसो जसो गुरुजी उसो उसो स्व्हा भने जस्तै हो ।  जाम को बेला दाना बढी पेल्ने कुखुरा समयएमा नउठ्ने अनि  शर्टएज मा १८०० ग्राम मा नै खोर खोर ढुक्न  पुग्ने । 

किशान :छोटो समयमा धेरै पैसा कमाउन अधुरो ज्ञान लिएर यो छेत्रमा प्रबेश गर्ने ।प्रबिधिक को सल्लाह वेवास्ता गर्ने, दानाको बोरा तथा औषधी को बट्टा समेत राम्रो सँग नहेर्ने, कुन ब्रान्ड को हो मिती कैले सकिने हो अदि इत्यादी वेवास्ता गर्ने, दाना डिलर ले जे दिन्छ बेहोस  भएर प्रयोग गर्ने, खोर ब्यब्स्थपन , खोर बनावोट उत्कृष्ट नहुने दना तथ औषधी भन्डारन र आफ्नो खोर लाई नियन्तृत जस्तो बनौन नसक्ने ।  

एदी तपाईं को मा कम तउल को समस्या छैन भने र यो पेसा बाट सन्तुट हुनु हुन्छ भने तपाईं लाई बधाई छ । तपाईं सिक्षित १०% कुखुरा पालक सफल किशान हरु को समुहमा पर्नु  हुन्छ । एदी कम तौल को समस्या छ भने पनि आतुर गरेर केहि हुने वाला छैन जबा सम्म सम्पूर्ण कुरा एक पछी अर्को गर्दी सुधार गरेर जन्नुम ।तपाईं को ब्यबसाय सफल होस मेरो शुभकामा । 

Comments

Popular posts from this blog

एफ्. सि. आर्. भनेकोके हो ? एफ्. सि. आर्. को इतिहास ।

कुखुरा पालान चुनौती र अवसर

ब्रोइलर तथा लेएर्स कुखुराको भाक्सिनेशन तालिका